३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको निरीक्षण गरेका छन् ।

विगत वर्षमा झैँ यस वर्ष लक्ष्मीपूजाका दिन मुलुकभर विना अवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।

विद्युत् आपूर्तिबारे मन्त्री घिसिङसँगै ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशनहरुलगायत सम्मिलित टोलीले जानकारी लिएको थियो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।