काठमाडौं। देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको एक हजार १५ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्रधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजा पिक समयमा २५३ मेगावाट निर्यात गरिएको थियो ।
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ ।
तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युतगृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।