काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

४ कार्तिक २०८२
मन्त्रिपरिषद्‌ बैठकमा प्रधानमन्त्री सुशीला कार्की। तस्बिर : रासस
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्।

निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना  भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन्।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन्।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आएकी थिइन्।