काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

४ कार्तिक २०८२
विपिन जोशीको शव श्रद्धाञ्जलीसभातर्फ लैजाँदै नेपाली सेना। तस्बिर सौजन्य : सुजन गुरुङ
अ+
अ-

काठमाडौं। कञ्चनपुरका विपीन जोशीको गृहनगरमा आज बिहान शवयात्रा सुरु भई महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुँदैछ।

शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ।

बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा इजरायलमा बन्धक बनिएका जोशीको असोज २७ गते मृत्यु पुष्टि भएको थियो। सोमबार काठमाडौंमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।