४ कार्तिक २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। हमासले इजरायलसँगको गाजा सम्झौता उल्लंघन गरे हमासलाई पूर्णरूपमा ‘अन्त्य’ गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भने, ‘हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्नेछन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ। यदि तिनीहरूले सम्झौताको पालना गरेनन् भने अमेरिका त्यहाँ जानेछ र तिनीहरूलाई निर्मूल पारिनेछ। उनीहरूलाई यो थाहा छ।”

हमासका शीर्ष वार्ताकार खलिल अल–हयाले इजिप्टको अल–काहेरा न्युजसँग भने हमास अझै युद्धविराम सम्झौतामा प्रतिबद्ध रहेको बताएका छन्। उनले भने, “गाजा सम्झौता कायम रहनेछ, किनकि हामी यो चाहन्छौँ र यसको पालना गर्ने हाम्रो दृढ इच्छा छ।”

ट्रम्पले हमासलाई आफ्ना प्रतिद्वन्द्वी र कथित सहयोगीहरूको सार्वजनिक मृत्युदण्ड रोक्न चेतावनी पनि दिएका छन्। यद्यपि ट्रम्पले हमासविरुद्ध अमेरिकी सेना संलग्न नहुने कुरामा जोड दिँदै गाजाको स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेनामा सामेल हुन सहमत भएका दर्जनौँ देशहरूसँग संलग्न हुने र सहयोग गर्ने बताए। ट्रम्पले भन्नुभयो, ‘यदि मैले उनीहरूलाई गाजामा प्रवेश गर्न भनेँ भने इजरायल दुई मिनेटमा भित्र जान्छ।’

तथापि आफूले त्यसो नभनेको र हमासलाई हिंसा रोक्ने मौका दिएको ट्रम्पले बताए।