काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

४ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। भक्तपुर नगरपालिका-४ मा जुवा खेलिरहेका २७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले सोमबार मध्यराति एक घरमा छापा मारेर जुवा खेलिरहेका व्यक्ति पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार पैसाको हारजित हुने गरी कौडा खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको साथबाट नौ लाख २३ हजार ९६० रुपैयाँ बरामद गरिएको जबेगुले बताए।

घटनास्थलबाट १६ थान कौडा बरामद गरिएको छ। प्रहरीले पक्राउ परेकामाथि जुवा ऐनअन्तर्गत कारबाही अघि बढाइएको जनाएको छ।