काठमाडौँ। युरोपेली च्याम्पियन्स लिगमा पिएसजीले जर्मनी क्लब बायर लिभरकुसेनलाई ७-२ गोल अन्तरले पराजित गरेको छ।
पिएसजीको जितमा डिजायर डोउले २ गोल गरेका थिए भने विलियम पाचो, केभिचा केभारतखेलिया, नुनो मेन्डिज, ओसमान डेम्बेले र भितिन्हाले एक एक गोल गरेका थिए। त्यस्तै लिभरकुसनका लागि एलेक्सिस ग्रासियाले २ गोल गरेका थिए।
यो जितपछि पिएसजी यस सिजनमा अपराजित रहदै ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरि बायर लिभरकुसेनको ३ खेलमा २ अंक रहेको छ र हाल २७औं स्थानमा रहेको छ ।