काठमाडौं। पोखराबाट प्रहरीले सात जना जुवाडे पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-१६ माथिल्लो दिपमा जुवा खेलिरहेका व्यक्ति नगदसहित पक्राउ परेको प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।
मंगलबार अपराह्न साढे ४ बजे जुवा खेलिरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बगरको टोली पुगेको थियो।
उनीहरूको साथबाट २ लाख ९५ हजार ६७५ रुपैयाँ बरामद भएको कार्कीले बताए। तिहारको समयमा जुवा खेलिरहेका २७ जना जुवाडे नगद८ लाख ९७ हजार ७८० सहित पक्राउ परेका छन्।
पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको छ।