काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनमा लुटेको एक थान पेस्तोल र नगदसहित एक युवक ललितपुरबाट प्रकाउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका-१ घर भई ललतिपुर-२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार विक छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार दिदीले बनाएको टहरामा बस्दै आएका विकलाई बिहीबार बिहान राति पेस्तोल र नगदसहित पक्राउ गरिएको हो।

उनको साथबाट एक थान चाइनिज पेस्तोल बरामद भएको छ। यस्तै, राष्ट्रिय वाणिज्य बैंकको टाँचा लगाएको चार लाख ७८ हजार रुपैयाँ बरामद भएको छ।

“उनी सामान्य परिवारका मानिस हुन्, जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते बैंकबाट रकम लुटपाट हुँदा लुटेको र कुनै प्रहरी युनिटबाट पेस्तोल लुटेको पाइएको छ,” बोगटीले भने।

विकलाई प्रहरीले सोधपुछ गरिरहेको छ। अहिले जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर अनुसन्धान थालिएको छ। तर, कहाँको बैंक शाखा र कुन प्रहरी युनिटबाट लुटिएको हो भन्नेबारे स्पष्ट भइनसकेको बोगटीले बताए।