काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फोटोफिचर

६ कार्तिक २०८२
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका वृद्ध। सबै तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने चलन छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र उपहार तथा दक्षिणा दिने चलन छ।

सदाझैँ यस वर्ष पनि भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका थाप्नेहरूको लर्को छ। विशेषगरी दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर मन्दिर गई पूजा आराधना गरी टीका थाप्छन्।