काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

मन्त्रिपरिषद् निर्णय

१२ कार्तिक २०८२
मन्त्रिपरिषद् बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीलगायत मन्त्रीहरु। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौं। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालय दरबन्दी घटाउने सरकारको निर्णय गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बैठकपछि दिएको जानकारीअनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको हो।

“संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ। स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो‚” उनले भने।

त्यस्तै बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघ २०८२ आइतबारको दिन निर्णय पनि गरेको पनि उनले जानकारी दिए। २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदै छ। म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।

यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सेकेन्ड वर्ल्ड डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको भ्रमण पनि स्वीकृत गर्ने निर्णय भएको पनि खरेलले जानकारी दिए।