काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ भाद्र २०८२
ईश्वरी न्यौपाने
अ+
अ-

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन्। उनी नेपाली कांग्रेसको समानुपातिक सांसद हुन्।

समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा न्यौपाने निर्विरोध चयन भएको घोषणा गरिएको हो।

समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो। कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो।