काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार राताम्मे बनेर बन्द भएको छ। आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ अंकमा रोकिएको छ।
नेप्सेमा आज ३२३ कम्पनीको सेयर कारोबार भए। जसमध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार ४७ हजार २६८ पटकको कारोबारमा एक करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच भए। जसअनुसार चार अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ रुपैयाँको कारोबार भयो।
आइतबार सबै समूहका सूचक राताम्मे देखिँदा वित्त समूह सबैभन्दा बढी २.९१ प्रतिशतले घट्यो। आज दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्यो।