काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अभिनेत्री आँचल शर्मासँग सात सवाल

१४ भाद्र २०८२
तस्बिर सौजन्य : आँचल शर्मा
अ+
अ-

डिग्री माइला, दुःखी आत्मा, शत्रु गते, झिंगेदाउ सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री आँचल शर्माले कुरा बुझ्न पर्च, माया बिरानी, माया पिरती, लज्जावती झारजस्ता चर्चित म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्। नियमित रूपमा जिम जाने उनीसँग नेपालन्युजले गरेको साताका सात सवाल :

१. स्लिम देखिन जिम जानुहुन्छ कि स्वस्थ बन्न?
स्वस्थ बन्न नै हो। मेरो मेटाबोलिज्म बढी छ, त्यसैले पनि।

२. सन्तुलित खानाको योजना कसरी बनाउनुहुन्छ?
फाइबर बढी भएको कार्ब्स र प्रोटिन खान्छु। क्यालोरीको हिसाब गर्दिनँ।

३. खाने र नखाने कुरा के हुन्?
हरियो सागसब्जी, फलफूल प्रशस्त लिन्छु। जंक फुड्स सकेसम्म खाँदिनँ। गुलियो छाडेको चार वर्ष भयो। वर्षमा एकपटक केक र चकलेट भने खान्छु।

४. तीन महिनाभित्र कति केजी घट्नुभयो?
६१ किलो थिएँ, अहिले ५५ केजी छु।

५. फिल्म छायांकनमा व्यस्त हुँदा कसरत गर्ने समय कसरी निकाल्नुहुन्छ?
छायांकन सेटमै कसरत गर्दिनँ। शारीरिक गतिविधि भइरहेको हुनाले सक्रिय भइन्छ।

६. जिम जान थालेपछिको सकारात्मक परिवर्तन?
शरीरसँगै दिमाग पनि ताजा महसुस भएको छ।

७. माया मार्नु परेको कुरा?
जंक फुड्स नै हो। मैदाबाट बनेका खानेकुरा महिनामा एक/दुई चोटि मात्र खान्छु।