काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ भाद्र २०८२
अ+
अ-

भक्तपुर। आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद सजाय सुनाएको छ।

अदालतले तामाङसँगै शरण तिरूवालाई पनि आपराधिक उपद्रव मुद्दामा दोषी ठहर गरेको जिल्ला अदालतकी सूचना अधिकारी हिरा कुमारी भण्डारीले बताइन्।

सूर्यविनायक नगरपालिकाले साँगामा निर्माण गरेको झोलुङ्गे पुलमा रकम उठाउने कार्यमा अवरोध पुर्‍याएको र पालिकाले राखेको सूचना च्यातेको आरोपमा दुवै विरुद्ध मुद्दा दायर भएको थियो।

प्रहरीमा दर्ता गरिएको जाहेरीका आधारमा अदालतले तामाङ र तिरूवालाई पाँच–पाँच दिन कैद, ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति तथा पीडित राहत कोषमा जनही २०० रुपैयाँ बुझाउन आदेश दिएको हो।