काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ मंसिर २०८२
सरोजकुमार यादव। तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (बुधबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

भोलि २ बजेका लागि प्रदेश सभामा विश्वासको मत लिने वातावरण बनाइदिन आफूले पत्र पठाएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा यादवले जानकारी दिए।

सर्वोच्च अदालतले चौबीस घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रक्रिया अगाडि बढाउन आफू अग्रसर भएको दाबी गरे।

मुख्यमन्त्री यादवले विश्वासको मत पाउनेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको पनि बताएका छन्। उनले विगतमा नेकपा एमालेले मुख्यमन्त्री बनाउन धेरै दललाई सहयोग गरेको र अहिले आफूलाई ती दलहरूले सहयोग गर्ने बताए। विश्वासको मतका विषयमा अन्य दलहरूसँग छलफल भइरहेका कारण भोलि (बुधबार) सम्म आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको उनले दाबी गरे।