काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

१७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ..’ सार्वजनिक भएको छ।

प्रमोद खरेलको स्वर, हरि लम्सालको संगीत रहेको देशभक्ति गीतको भिडियोमा राजेश हमाल, महावीर पुन, व्याकुल माइला, अनुराधा कोइराला, दीपक विष्ट, नैनसिंह महर, सविना तामाङलगायतको अभिनय देख्न सकिन्छ।

दशरथ सुनारको निर्देशनमा तयार भिडियोमा देश कसरी बन्न सक्छ भन्ने सपना र आशा बाँडिएको छ। ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रियगानका रचनाकार व्याकुल माइलाले सार्वजनिक गरे।

गीतकार महरले कांग्रेस-एमालेको सरकार बनेकै बेलामा गीत सिर्जना गरिएको जानकारी दिए। उनले भने‚ “जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्ने गरी कांग्रेस-एमालेको सरकार बनेको थियो। त्यो सरकारले के गर्‍यो भने जनतामा आशाको सञ्चार हुन्छ ? भन्ने ट्रयाकमा लेखेको थिएँ।”