काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

२९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य हो। विवाहको सिजन सुरु भएकाले माग बढ्दा मूल्य उकालो लागेको व्यवसायीहरू बताउँछन्।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२६ दशमलव ८ अमेरिकी डलर र चाँदी ६२ दशमलव ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।