काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
अ+
अ-

काठमाडौँ। राप्रपासँग एकता गर्ने निर्णय राप्रपा नेपालले अनुमोदन गरेको छ। केन्द्रीय कार्यसमितिको आज (मंगलबार) बसेको बैठकले बैठकले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।

अध्यक्ष कमल थापाले अन्तिम बैठकमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे। दुई पार्टीबीच एकता भएको घोषणा भोलि (पुस १६ गते बुधबार) दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुनेछ।

बैठकमा अध्यक्ष थापाले सबैलाई सक्रिय रहँदै विचार र संगठनलाई अझ बलियो बनाउन लाग्न आग्रह गरे। बैठकमा पार्टी सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएका महामन्त्री तथा कार्यक्रम समन्वय विभागका प्रमुख इन्द्र चित्रकारलाई सम्मान गरिएको थियो।