काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
१८ पुसमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेका छन्। शुक्रबार अपराह्न ४ बजे बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा खड्काले २८-३१ वैशाख २०८३ मा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

प्रस्तावमा सभापति शेरबहादुर देउवाको कार्यकाल जेठ मसान्तसम्म रहने उल्लेख छ। एक सदस्यका अनुसार उक्त प्रस्तावमाथि छलफल जारी छ। बैठकमा विशेष महाधिवेशन पक्षधर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा दुवै सहभागी छन्। महामन्त्रीद्वय विशेष महाधिवेशन बोलाउनैपर्ने अडानमा छन्। तर, नेतृत्वले उक्त कुरा पूर्ण रूपमा अस्वीकार मात्रै नगरेर नियमित महाधिवेशनसमेत प्रतिनिधिसभा चुनावपछि गर्नुपर्ने तर्कस्वरूप उक्त प्रस्ताव गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भनिए पनि बैठक ४ बजेपछि मात्रै सुरु भएको थियो।

यस्तो छ प्रस्तावित कार्यतालिका :