काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र। तस्बिर : रासस
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले अबदेखि प्रधानमन्त्रीमा अधिकतम दुई कार्यकालको हदबन्दी राख्न अग्रसरता लिने भएको छ। कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘दुईपटक मात्रै प्रधानमन्त्री’को अवधारणा अघि सारिएको छ।

प्रतिवेदनमा लेखिएको छ, ‘नेपाली कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्ने छैनन्। दुईपटक मात्र प्रधानमन्त्रीको यो नीतिलाई नेपालको संविधानमा लिपिबद्ध गर्न नेपाली कांग्रेसले अग्रसरता लिनेछ।’

यस्तै शर्माले प्रतिवेदनमार्फत आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।