काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। दुई महामन्त्रीले विशेष महाधिवेशन आह्वान गरी बन्दसत्र सञ्चालन भइरहेका बेला कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशन दिइएको छ।
विशेष महाधिवेशन २७ पुसदेखि भृकुटीमण्डपमा जारी छ। महाधिवेशन कार्यविधि पारित गर्दै वर्तमान नेतृत्व विस्थापनको दिशामा अग्रसर छ।
उक्त कार्यविधि पारित भएपछि सोमबार दिनभर सभापति शेरबहादुर देउवा नेताहरूसँग छलफलमा थिए। उनले आफूनिकट तथा वरिष्ठ नेता शेखर कोइरालासँग समेत छलफल गरेका थिए।