काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले सुनसरी ३ मा नेता विजयकुमार गच्छदारलाई उम्मेदवार बनाएको छ। यसअघि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारको नाम चर्चामा आए पनि कांग्रेसले आधिकारिक रूपमा गच्छदारलाई नै उम्मेदवार बनाएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार गच्छदारको उम्मेदवारी टुंग्याइएको हो। “प्रदेश सभा, स्थानीय पालिकाको प्रमुख रहेका व्यक्तिलाई राजीनामा गराएर उम्मेदवार बनाउने नीति थिएन,” चालिसेले भने, “त्यसकारण विजयकुमार गच्छदारको उम्मेदवारी टुंग्याइएको हो।”

गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए। एमालेले अहिले पनि भगवतीलाई नै उम्मेदवार बनाएको छ।

गच्छदार निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। सभापति गगन थापाले देउवा तथा वरिष्ठ नेता शेखर कोइराला समूहलाई समेटेर उम्मेदवार छनोट गरेका छन्।
२१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फ देशभरिका १६५ क्षेत्रमा मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ।