काठमाडौँ। सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार दुहबीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर गच्छदारले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन्। “उहाँले उम्मेदवारी दर्ता गर्नुभएको छ,” निर्वाचन अधिकृत पदमबहादुर कार्कीले नेपालन्युजलाई भने।
दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारको नाम चर्चामा आए पनि कांग्रेसले आधिकारिक रूपमा विजयकुमारलाई नै उम्मेदवार बनाएको हो।
गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए। एमालेले अहिले भगवतीलाई नै उम्मेदवार बनाएको छ। गच्छदार निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।