काठमाडौँ। आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचनका लागि पूर्वप्रधानमन्त्री भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका थिए।
भट्टराईलाई उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको थियो। रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा विशेष आग्रह गर्दै अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्न भनेका छन्।