काठमाडौं। पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ।
चुनावी यात्राका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता बालेन्द्र शाह (बालेन) सँगै अछाम पुगेका बेला उनी बेहोस भएका थिए। त्यसपछि उपचारका लागि काठमाडौँ ल्याइएका सिटौलाको आइतबार मध्याह्न १२.४५ बजे निधन भएको हो।
ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचारकै क्रममा निधन भएको चिकित्सकले जनाएका छन्।
काठमाडौँ टोखाका ४३ वर्षीय अविवाहित सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष पनि हुन्। उनले सयौं नेपाली चलचित्रको प्रमोसनमा काम गरेका थिए। उनी ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक/अध्यक्ष पनि हुन्।
