काठमाडौँ। बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री गरिरहेको छ।
डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट र सुगम ग्यासका उपभोक्ताले टेकुबाट ग्यास लिन सक्नेछन् । निगमका अनुसार यहाँ बिहान १० देखि ४ बजेसम्म ग्यासको बिक्री-वितरण भइरहेको छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
