काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। इरानले संयुक्त अरब इमिरेट्स (यूएई) गरेको ड्रोन आक्रमणमा परि एक नेपाली मारिएका छन्।

यूएईका रक्षा मन्त्रालयको एक्समा राखिएको जानकारीअनुसार एक नेपालीसहित तीनजना मृत्यु भएको हो। नेपालीसँग पाकिस्तानी र बंगलादेशीको पनि मृत्यु भएको विवरणमा उल्लेख छ।

इरानी आक्रमणमा परि ५८ जना घाइते भएका छन्। घाइते हुनेमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, ​​भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमेन, युगान्डा, इरिट्रिया, लेबन र अफगानिस्तानका नागरिक छन्।

यूएईले दुई दिनमा इरानमा १६५ ब्यालेस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ वटा ड्रोन प्रयोग गरेर आक्रमण गरेको छ। तीमध्ये ३५ वटा ड्रोन यूएईमा खसेको जनाएको छ। अमेरिका र इजरायलले बमबारी सुरु गरेपछि इरानले पछि छिमेकी देशसहितका विभिन्न स्थानमा आक्रमण थालेको हो।

यो पनि…

इजरायलको शेमेंशमा इरानी क्षेप्यास्त्र खस्दा ६ जनाको मृत्यु, २० घाइते