काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संवाद, संयम र एकताले समाधान निकाल्न अपिल गरेका छन्। एक विज्ञप्ति जारी गर्दै उनीहरूले ९ बुँदे आह्वान गरेका छन्।
महामन्त्रीद्वयले संविधानसम्मत र लोकतान्त्रिक बाटोबाट अहिलेको समाधान निकाल्न पनि अपिल गरेका छन्।
सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट चरित्र भएको उल्लेख गर्दै उनीहरूले देशलाई २०७२ को संविधानभन्दा पछाडि फर्कन नदिनेसमेत बताएका छन्।