काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० भाद्र २०८२
अ+
अ-

काठमाडौं। विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटमा निराशाजनक सुरुआत गरेको छ।

उज्बेकिस्तानको मार्काजी रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा घरेलु टोलीसँग एफसी नासाफसँग एपिएफले ३–० को एकतर्फी हार बेहोरेको हो। योसँगै सुखद् सुरुआत गरेको नासाफले समूह बीमा तीन अंक जोडेको छ। समान अंक रहेको कलेज अफ एसियन स्कलर भने दोस्रो स्थानमा छ।

एसियन स्कलरले सोमबार नै साउदी क्लब अल–नासरमाथि २–० को जित निकालेको थियो। नासाफलाई जित दिलाउन खाबिबुल्ला इभाले दुई तथा मफतुना शोयिमोभाले एक गोल गरिन्। यी दुई टोली यो प्रतियोगितामा दोस्रोपल्ट भिडेका हुन्। गत वर्षको पहिलो भेटमा पनि नासाफले एपिएफलाई १–० ले निराश पारेको थियो।

यसपल्ट भने नासाफल खेलको सुरुआती समयदेखि नै हाबी रह्यो। १३औं मिनेटमा खाबिबुल्लाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

त्यसको ३ मिनेटपछि नै उनले अर्को गोल थप्दै नासाफलाई सहज अवस्थामा लगिन्। ३३औं मिनेटमा माफतुनाले गोल गर्दा टोली ३–० को आरामदायी अवस्थामा पुगिसकेको थियो। तर, पहिलो हाफ भएको कमजोर डिफेन्सलाई सुधार गर्दै एपिएफले बाँकी समयमा गोल हुन दिएन।