काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनका लागि लिग चरणको ड्र सार्वजनिक भएको छ। यसपटक पहिलो पटक ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नयाँ ढाँचाअनुसार प्रत्येक टोलीले आठ फरक प्रतिद्वन्दीसँग खेल्नेछ। त्यसमध्ये चार खेल घरेलु मैदानमा हुनेछन् भने चार खेल बाहिरी मैदानमा तय गरिएको छ।

यसपटक प्रिमियर लिगका ६ टोली एउटै सिजनमा सहभागी हुने ऐतिहासिक अवसर बनेको छ। तर लिग चरणमा उनीहरूबीच प्रत्यक्ष खेल नहुने व्यवस्था गरिएको छ।

प्रतियोगिता आगामी भदौ ३१ गते (सेप्टेम्बर १६) बाट सुरु हुनेछ। लिग चरण सकिएपछि शीर्ष आठ टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन्। नवौँदेखि २४औँ स्थानमा रहेका टोलीले अन्तिम १६ मा पुग्नका लागि प्लेअफ खेल्नेछन्।

२५औँ स्थानभन्दा तल रहेका टोली भने प्रतियोगिताबाट बाहिरिने छन्। ती टोलीलाई युरोपा लिगमा सहभागी हुने अवसर पनि छैनन्।