काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेललाई जिल्ला अदालत काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेलको थुनछेक बहसपछि धरौटीमा छोड्ने आदेश दिएको हो। प्रहरीको तर्फबाट बयानका लागि अदालतमा उपस्थित गराइएका पाँडेलको बयान सकिएपछि वादी र प्रतिवादी दुवै पक्षबीच थुनछेकसम्बन्धी बहस भएको थियो।

डा। पाँडेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको आधारमा अनुसन्धानका लागि बिहीबार अदालतले चार दिनको म्याद प्रदान गरेको थियो।

उनीमाथि सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत गालीगलौज गरेको आरोप छ। यही आरोपका आधारमा बुधबार उनी साइबर ब्युरो पुगेका थिए र त्यसपछि उनलाई दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।

वातावरणविद् समेत रहेका डा. पाँडेल २०७९ सालको भदौ महिनामा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। २०८० सालमा रास्वपा सरकारमा रहँदा उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत नियुक्त भएका थिए।