काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

अछाम। छाउगोठमा सुतेका दुई जना महिलाको भीरबाट खसेको ढुंगाले किचेर मृत्यु भएको छ। ढुंगाले किच्दा अर्की एक महिला भने घाइते भएकी छन्।

मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए। उक्त घटनामा घाइते भएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक खनालले बताए।