काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
तस्बिर- बिक्रम राई/नेपालन्युज।
अ+
अ-

जेन जीहरुको प्रदर्शन असामान्य बन्न थालेपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले अपरान्ह १२:३० देखि राती १० बजेसम्मकाे लागि कर्फ्यू आदेश जारी गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थिति असामान्य बनेपछि कर्फ्यू आदेश जारी गरेको बताए। कर्फ्यू आदेश सोमबार राति १० बजेसम्म लागू हुने रिजालले बताए।

कर्फ्यू आदेश बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुली बजार पुल, बानेश्वर चोकदेखिपूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म लगाइएको छ।

यसैगरी, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यम विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालोसम्म कर्फ्यू लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

शनिबारदेखि सरकारले फेसबुक, ट्वीटर, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। त्यसको बिरोधमा जेन-जी समूहले सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन थालेका थिए। प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर केन्द्रित भएको थियो।