असामान्य बन्दै प्रदर्शन
काठमाडौं। सडक प्रदर्शनमा उत्रिएका जेन–जीहरू संसद भवनभित्र प्रवेश गरेका छन्।
नयाँ बानेश्वरमा प्रहरीले राखेको ब्यारिकेड तोडेर अघि बढेको जेन–जी संसद भवनको पर्खाल चढेर संसद भवन परिसरमा प्रवेश गरेका छन्।
जेन–जीलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ । तर, जेन–जीहरू अश्रुग्यासको प्रवाह नगरी संसद भवनमा प्रवेश गरेका छन्।
जेन-जीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन्। उनीहरुले संसद भवनमा पनि ढुङ्गा प्रहार गरेका छन्।
बानेश्वरमा जेन–जीहरूको भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ।