काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेको छ । तर, जेनजीहरुले कर्फ्यू आदेशको बेवास्ता गर्दै माइतीघर बानेश्वर क्षेत्रमा मोटरसाइकल र्याली निकालेका छन् ।
दिउँसो १२:३० बजेदेखि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रदशर्नकारीहरु भने कर्फ्यू आदेश लागेर सडकमा सेनाको उपस्थिति हुँदा पनि तिरबितर भएका छैनन्।

