काठमाडौं। गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
जेन–जी प्रदर्शनको क्रममा भएको जनधनको क्षतिको नैतिक जिम्मेवारी लिएर उनले राजीनामा दिन लागेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा सोमबार साँझ बसेको पदाधिकारी बैंठकमा उनले नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए। लेखकले पदाधिकारी बैठकमा आफू पदमा नरहने जानकारी गराएकाे बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।
जेन–जीहरुले गरेको प्रदर्शनको क्रममा १८ जना युवाहरूले ज्यान गुमाएका छन्। सरकारको कार्यशैली, कुशासन र भ्रष्टाचारका विरूद्ध युवाहरूले स्वतन्त्ररूपमा देशभर प्रदर्शन आयोजना गरेका थिए।