काठमाडौं– सडक प्रदर्शनमा अशान्त बनेपछि जेन–जी नेपाल नामको फेसबुक पेजले सबैलाई तत्कालै घर फर्किन आह्वान गरेको छ।
यो पेजमार्फत आन्दोलनबारे लगातार पोस्ट हुँदै आएको थियो। सोमबार आन्दोलनमा उत्रिएका जेन–जी पुस्ताले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेपछि प्रहरीले लठ्ठी चार्च र पानीको फोहोरा प्रहार गरेको थियो।
लगत्तै उक्त पेजले एक पोस्ट गर्दै प्रदर्शनमा होमिएका जेन–जीलाई घर फर्किन आह्वान गरेको हो। पोस्टमा लेखिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरुले भीडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्।’
पेजमा आजको दिन सफल भइसकेको बताइएको छ।