काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानले सरकार बनाउने कुनै पनि बैठकमा सहभागी नभएको बताएका छन्।
आज फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू नेतृत्वको दौडमा नरहेको बताएका हुन्।
उनले भनेका छन्, “म सरकारले बनाउने, सरकारमा जाने कुनै दौडमा छैन। कसैसँग पनि कुनै पनि बैठक गरेको छैन। मेरो नाममा विवाद गर्न जरुरी छैन। म यो रेसमा छैन भनेर धेरै पटक भनेको छु। रेसमा नआओस् भनेर डिफेम गर्न पर्दैन। म रेसमा छँदै छैन।”
“म यो रेसमा छैन भनेर धेरै पटक भनेको छु। रेसमा नआओस् भनेर डिफेम गर्न पर्दैन। म रेसमा छँदै छैन।”
अहिलेको आन्दोलन जेनजीले गरेको र आफ्नो नेतृत्व पनि जेनजीले नै टुंगो लगाउनुपर्ने उनले बताए।
नख्खु काराकारले पत्र दिएपछि निस्किएको र आफू नभागेको पनि उनले दोहोर्याएका छन्।
उनले भनेका छन्, “आज सुरक्षा निकायका प्रमुखहरुलाई सम्पर्क गरेर नियन्त्रणमा लिनुहोस्, हिरासतमा राख्नुहोस् वा कारागारमा पठाउनुहोस् । तर, उनीहरुले स्पष्ट रुपमा तपाई आफै सुरक्षित बस्नुहोस्। आवश्यक परे सम्पर्क गर्छौ।”
न्यायिक निकायहरुलाई समेत आफ्नो बारेमा औपचारिक जानकारी गराएको उनले बताएका छन्। कानूनी माध्यमबाट मुद्दा लडिरहेको र त्यसलाई कानूनी रुपमै टुंगो लगाउने उनले बताएका छन्।