काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने मलेसियन सुपर वुमन सिरिज र त्यसपछिको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सहभागी हुने नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ।

क्यानका अनुसार टोलीका खेलाडीहरू पहिलो चरणमा तयारी स्वरूप सेप्टेम्बर २४ देखि ३० सम्म आयोजना हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्नेछन्। सो प्रतियोगितामा १४ नेपाली खेलाडी पाँच फरक–फरक टोलीमा विभाजित भई अनुभव हासिल गर्नेछन्।

यसपछि नेपाली टोलीले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला टोलीसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने कार्यक्रम तय भएको छ।

नेपाली महिला क्रिकेट टोली

इन्दु बर्मा, पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।