काठमाडौं। फ्रान्ससहित छ देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएका छन्।
संयुक्त राष्ट्रसंघको वार्षिक महासभा अगाडि सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनमा फ्रान्स, अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेका छन्।
शिखर सम्मेलन न्यूयोर्कमा साउदी अरेबियासँग मिलेर आह्वान गरिएको थियो। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले दुई राज्य समाधानको सम्भावना सुरक्षित गर्न राष्ट्रको जिम्मेवारी रहेको भन्दै औपचारिक घोषणा गरे।
यससँगै, यस वर्ष अप्रिलसम्म करिब १९३ मध्ये १४७ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रले प्यालेस्टाइन मान्यता दिएका थिए। अब करिब ८० प्रतिशत अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ।
जसले गाजामाथिको नरसंहारलाई निरन्तरता दिइरहेको इजरायलमाथि कूटनीतिक दबाब अझ बढाएको छ।