काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। सर्लाहीमा माटो लिन गएका चार जनाको ढिस्कोले पुरिएर मृत्यु भएको छ।

सर्लाहीको हरिपूर्वा १ हर्दी नदीको किरानमा माटो निकाल्ने क्रममा ढिस्को खस्दा घाइते भएका उनीहरुको अस्पताल लैजाने क्रममा मृत्यु भएको सर्लाही प्रहरी प्रमुख एपी योगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

घटनामा तीन बालिका सहित चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको सोनमा गा.पा. ६ मगरथाना बस्ने ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सविवा खातुन,  ८ वर्षका डिल्लु मंसुर, ९ वर्षकी नर्गिस खातुन रहेका छन्। बिहान करिब १० बजे घाइते भएका उनीहरुलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।