काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
इलाममा गएको पहिरो। तस्बिर- माधव चम्लागाइको फेसबुकबाट।
अ+
अ-

काठमाडौं – इलाम जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार शनिबार राति र आइतबार दिउँसोसम्म पहिरो जारी रहेको छ।

कोइरालका अनुसार सन्दकपुरमा ६ जनाको पहिरोमा परी मृत्यु भएको छ। माईजोगमाई गाउँपालिकामा ८, इलाम नगरपालिकामा ६, फाकफोकथुम गाउँपालिकामा १, माङसेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, सूर्योदय नगरपालिकामा ५ जनाको मृत्यु भएको छ।

पहिरोमा परी हालसम्म चार जना बेपत्ता रहेको कोइरालाले बताए। शनिबार दिउँसोसम्म मध्यम वर्षा रहेकोमा रातिबाट भारी वर्षा भएको थियो।

भारी वर्षापछि रातिदेखि पहिरो जान थालेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। इलाममा पछिल्लो २४ घन्टामा भारी वर्षा मापन गरिएको छ।

पछिल्लो २४ घन्टामा इलाममा ३२५.२ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। इलाममा अहिले वर्षा रोकिएको छ।

बागमती प्रदेशमा वर्षा रोकिए पनि मधेस प्रदेश तथा कोशी प्रदेशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ।