विराटनगर। कोशी ब्यारेजमा ४ लाख ३१ हजार ५२५ क्युसेक बहाव मापन गरिएको छ।
यो खतराको तहभन्दा माथि हो। सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार बिहान ९:४५ सम्ममा बहाव उच्च देखिएको छ।
पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। कोशीमा ३ लाख क्युसेक बहाव पुगेपछि खतराको तह पार गरेको मानिन्छ।
“नजिकको बस्ती उठाएर सुरक्षित स्थानमा सारिएको छ,” थेवेले भने।