काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० आश्विन २०८२
अ+
अ-

काठमाडौँ। शनिबार र आइतबारको अविरल वर्षाका कारण पहिरोले अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा आएको छ।

सोमबार दिउँसोदेखि कान्ति लोकपथ सञ्चालनमा आएको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।

कान्ति लोकपथमा साना तथा ठूला बसहरू सञ्चालन हुन थालेको झाले बताए।

वर्षाका कारण १८ असोजमा मकवानपुर भीमफेदी गाउँपालिका-८ बगुवा खोला र १९ असोजमा बकैया गाउँपालिका-११ घट्टेपाखामा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको थियो।

“दुई दिनको प्रयासपछि राजमार्गमा रहेको पहिरो हटाएर सञ्चालनमा ल्याउन सकिएको छ,” झाले भने।