२५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। श्री जय किसान माद्यमिक विद्यालय धरहरी रौतहटका प्रधानाध्यापक सञ्जज प्रसाद र बिचौलिया अरविन्दप्रकाश साह कानु पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रसाद र कानुलाई पर्सा वीरगन्ज महानगरपालिका-१३ अदालत रोडस्थित होटलबाट पक्राउ गरेको हो।

शिक्षक आवश्यकता खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दर्खास्त दिएकोमा घुस मागेको उजुरी परेपछि अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

नीहरूको साथबाट ४ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।पक्राउ परेका दुबै जनामाथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।