काठमाडौं। आज २०८२ साल असोज २८ गते मंगलबार। कात्तिक कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।
मेष: मनमा विना कामका चिन्ताले सताउनेछन्। अपमानित हुनुपर्ने ठाउ“मा नचाहेर पनि जानुपर्नेछ। आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ। आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुन सक्नेछ। त्यसैले सतर्क हुनु अति आवश्यक छ।
बृष: स्वास्थ्य भरपर्दो रहनेछ। काम धन्दामा लगानी गर्न मन लाग्नेछ। सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ।
मिथुन : समय मध्यम खालको छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन। आँखामा एक्कासी खराबी आउन सक्नेछ। आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ।
कर्कट: आज लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन्। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। आफ्नालाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ। घरमा नया“ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना यो हप्ता हुने देखिन्छ। मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ।
सिंह: स्वास्थ्यमा खास कुनै गड्वडी देखिनेछैन तर आटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ। सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्त। र संघर्ष भने खूब गर्नुपर्नेछ। पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ ।
कन्या: पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन्। आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ। चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ। समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन।
तुला: इज्जत, बढ्ने ठाउमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ ।
वृश्चिक: जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दु:ख पाइने देखिन्छ ।
धनु: कुनैपनि क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।
मकर: आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ। शुरु गरेका काम सम्पन्न हुनेछन्। बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ। व्यवसायी,मासंलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ।
कुम्भ: ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।
मीन: आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । स्वास्थ्य संवेदनशील रहने देखिन्छ । खानामा गडबडी, कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ । त्यसकारण तपार्इंको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।