काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्।

ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई ‘कानुन मान्दिनँ भनेको’ बताएपछि गृहमन्त्री अर्यालको यस्तो अभिव्यक्ति आएको हो। उनले सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई ‘कानुन मान्दिनँ भनेको’ भन्ने बताए।

उनले भने, ‘योचाहिँ कानुन मान्दिनँ भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको चाहिँ त्यस्तो थियो । अहिले हुँदैन ।’ गृहमन्त्री अर्यालले ओलीलाई उपत्यका नछाड्न सरकारले नभई छानबिन आयोगले भनेको पनि बताए।