काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

बत्तीको पर्व

३ कार्तिक २०८२
काठमाडौंको धरहरासहितको झिलिमिली। तस्बिर : विक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौं। तिहारको लक्ष्मीपूजासँगै राजधानी उपत्यका मात्रै होइन देशै धपक्कै बलेको छ। उज्यालोको पर्व तिहारमा घरघरमा झिलिमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिएको छ। यसले सहरको रौनक उस्तै मनोरम बनाएको छ।

अँध्यारोमा लक्ष्मीको बास हुन्न भन्ने धार्मिक मान्यताअनुरुप सबैले आफ्ना घरका कुनै कुनालाई पनि प्रकाशविहीन राखेका छैनन्। विभिन्न व्यावसायिक प्रतिष्ठान, घरको आँगनमा विभिन्नखाले बत्तीले सजाइएको छ। झिलिमिल बत्तीले सहरै जगमग बनेको छ।

हेर्नुहोस् थप तस्बिर :

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्वयम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ/रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ स्यम्भू महाचैत्य परिसरबाट देखिएको काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ/रासस

काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर :रत्न श्रेष्ठ/रासस

काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर : रासस

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर : रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिरमा दीप बाल्दै सर्वसाधारण । तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ जनकपुरधामस्थित झिलिमिली जानकी मन्दिरमा दीप बाल्दै सर्वसाधारण। तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ ड्रोन क्यामेराबाट खिचिएको दाङको सदरमुकाम घोराही बजारमा देखिएको बत्तीको झिलिमिली। तस्बिर : कुलदीप न्यौपाने/रासस

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर : रासस

सप्तरीको राजविराजमा सोमबार साँझ तिहारको लक्ष्मीपूजाको अवसरमा हुक्काहुक्की खेल्दै स्थानीय। तस्बिर : अरूणकुमार यादव/रासस

तिहारका अवसरमा मैतीदेवीस्थित मैतीदेवी मन्दिरमा सजाइएको बत्तीको झिलिमिली। तस्बिर : गोपाल दाहाल/रासस

काठमाडाैँ उपत्यकामा बत्तीको झिलिमिली। तस्बिर : रासस