काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरु दण्डित हुने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुनेमा सबै ढुक्क रहन आग्रह गरे। आईजीपी खापुङले समाजलाई धमिल्याउने आपराधिक गतिविधिलाई प्रहरीले कुनै पनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्त्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत पनि बताए। उनल जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने भनाइमा सत्यता नरहेको पनि दाबी गरे।
‘प्रहरीको मनोबल खस्कनुपर्ने कुनै कारण छैन। प्रहरीप्रति आमवर्गको अपेक्षा ठूलो छ। तर ती सबैको अपेक्षा पूर्ति गर्नसक्ने अवस्था रहँदैरहँदैन। प्रहरीले त रोक्नुपर्ने हुन्छ। नो भन्नुपर्ने हुन्छ। कुनै पनि आपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ,’ उनले भने।